दफा ५क
निर्वाचन अवधिमा हातहतियार लिएर हिड्न मनाही
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचन आयोगले प्रचलित कानुनबमोजिम गराउने निर्वाचनमा उम्मेदवारको लागि दरखास्त दिने मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको सात दिनसम्मको अवधिभर सुरक्षा सम्बन्धी सरकारी कर्मचारी बाहेक अरू कसैलेनिर्वाचन क्षेत्रमा इजाजतपत्र प्राप्त हातहतियार पनि लिई हिड्न हुँदैन ।
(२) कसैले उपदफा (१) को बर्खिलाप हातहतियार लिई हिडेमा लाईसेन्स नभएको हातहतियार लिएर हिंडेको सरह मानी निजलाई दफा ५ बमोजिम कारवाई हुनेछ ।